आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश

आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश

नेपालगन्ज, ६ माघ
आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेमा संचालन भइरहेको स्वार्गीय स्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो समिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।
जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *