प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

काठमाडौँ– चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ ।सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *