अक्सिजनको कमी भएपछि पूर्वरानी कोमललाई आईसीयूमा सारियो

अक्सिजनको कमी भएपछि पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडाैँ । पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ ।

श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उहाँलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *