शव बोकेको जीप दुर्घटना हुदाँ चार जनाको मृ#त्यु

शव बोकेको जीप दुर्घटना हुदाँ चार जनाको मृ#त्यु

नेपालगन्ज २१ वैशाख : चट्याङ् लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेर जाँदै गरेको जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएकोछ । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाईते भएका छन् । पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको चट्याङ लागेर मृत्यु भएको थियो ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोछ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।यस्तै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *