दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन्

दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन्

भक्तपुर अस्पतालमा सोमबार कोरोनाका कारण एक युवतीको मृ’त्यु भएको छ। ती महिला चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल निवासी श्रेष्ठ थरकी रहेको बताईएको छ। मृ’तक महिलाको एक साता अगाडि मात्र विवाह भएको स्थानीयले जानकारी दिएका छन् ।

उनी विवाहको पछिल्लो दिन देखि नै उपचारका क्रममा अस्पताल भर्ना भएकी थिइन्। RNA 16 का संयोजक अरुण सैंजूले सोमबार दिउँसो २ बजे उनको मृ’त्यु भएको बताए। भक्तपुर अस्पतालको आइसोलेसनमा राखेको बेहुलीको सामान्य स्वास फे’र्न स’मस्या भएपछि उनलाई आइसीयुमा राखि उपचार भइरहेको थियो।

भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले बेलुहीलाई ब’चाउन खोज्दा पनि नसकेकोमा दुख व्यक्त गरे। अहिलेको यो नयाँ भे’रियन्ट एकदम भ’यानक रहेको मेसु गौतम बताउँछिन। अहिले यो भेरियन्टले सबै उमेरका व्यक्तिहरुलाई लागेको छ, उनले भने ।सबैलाई त्यतिकै रोगले सताएको उनी बताउँछन्।

त्यसैले कोरोनालाई हेरचे’क्राई नगरी सुरक्षित भएर घर बस्न उनले आग्रह गरिन। हाल अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको गौतमले बताइन्। सबैजनालाई अक्सिजन दिनुपर्ने वि’रामीहरु रहेको उनी बताउँछिन्। श्रेष्ठको विवाह भएको १० दिन मृ’त्यु भएको जनाएको छ। युवतीसँग विवाह गरेका युवक इ’न्टेरियर डिजाइनर हुन्।

बिहे भएको एक दिनमात्र उनीहरू सँगै रहे। दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन्। बेहुलाका परिवारले दुलही भि’त्र्याउने रीतिथिति पूरा त गर्‍यो तर उनी त्यो घरमा दोस्रो दिन पनि बिताउन पाइनन्। उनको विवाह बैशाख १२ गते विवाह भएको थियो। उनको परिवारका धेरैलाई कोरोना संक्रमण भएको जनाएको छ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *