घट्यो मूल्य : पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु, मासिक ६ हजार रुपैयाँ किस्तामा !

घट्यो मूल्य : पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु, मासिक ६ हजार रुपैयाँ किस्तामा !

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो ।

यसलाई ग्राहकले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् । हालै मात्र कम्पनीले ल्याएको नयाँ योजनामा यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ । कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ ।

यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *