अस्पतालको मृत घोषितपछि घाटमा आमा उठ मेरो बाबु भन्दै रुदै थिइन नभन्दै उठे, हाँस्दै घर फर्किए

अस्पतालको मृत घोषितपछि घाटमा आमा उठ मेरो बाबु भन्दै रुदै थिइन नभन्दै उठे, हाँस्दै घर फर्किए

काठमाडौं । डाक्टरलाई सबैले भगवानको अर्को रुप मान्छन् । तर कहिलेकाँही त्यो सत्य हुँदैन् ।

उनीहरुले पैसाका कारण उपचार नगर्दा धेरैको ज्यान गएका उदाहारण नभएका होईनन् । तर हालै जे भयो त्यो चमत्कार भन्दा कम छैन ।

ईश्वरले एक आमाको करुणामय पुकार सुन्नुभयो । उनको छ वर्षीय छोरालाई २१ दिन अघि डाक्टरहरूले मृत घोषित गर्दिएका थिए । परिवार छोराको अन्त्येष्टिको तयारीमा थियो । छोराको टाउकोमा चुम्बन गर्दा, आमाले बारम्बार भनिरहेकी थिइन् ः उठ, मेरो छोरो, उठ । त्यसपछि उनका छोराको शरीर चल्न थाल्यो । उपचार फेरि सुरु भयो र मंगलबार उनी रोहतक अस्पतालबाट हाँस्दै खेल्दै घर फर्केका छन् ।

 

दिल्लीमा टाइफाइडको उपचार भइरहेको थियो । यो घटना भारत, हरियाणाको बहादुरगढको हो । त्यहाँ बस्ने हितेश र उनकी पत्नी जाह्नवीले छोरालाई टाइफाइड भएको बताएका छन । उनलाई उपचारका लागि दिल्ली ल्याइएको थियो । २६ मे मा डाक्टरहरूले उनलाई मृत घोषित गरे । त्यसपछि उनीहरु छोराको मृत शरीर लिएर बहादुरगढ लागेका थिए ।

अन्तिम संस्कारको लागि मृत शरीर र नुन राख्न बरफको अर्डर गरियो । सबै आइसक्यो । मृतक भनिएका बालकका हजुरबुवा विजय शर्माले रातभरि मृत शरीरलाई हिउँमा राख्न र बिहान अन्तिम संस्कारका लागि नुनको जोहो गरि सकेका थिए । स्थानीय मानिसहरूलाई बिहान अन्त्यष्टि स्थानमा पुग्न भनियो । अन्त्यष्टि स्थानमा लैजान गाडीपनि तयारी हालतमा राखियो ।

बुबाले आफ्नो मुखबाट सास दिएपछि…
बच्चाको आमा जान्हवी र काकी अन्नु रुँदै थिईन् । उनीहरु बारम्बार छोरालाई उठ भन्दै रोइरहेका थिए । केही समय पछि मृत शरीर चल्न थालेको महसुस भयो । त्यसपछि बुबा हितेशले बच्चाको अनुहारबाट बार निकाले र मुखबाट सास दिन थाले । छिमेकी सुनीलले बच्चाको छातीमा दबाब दिन थाले, जस्तो उनीहरूले चलचित्रमा देखेका थिए । त्यसैबीच, बच्चाले आफ्नो बुबाको ओठमा आफ्ना दाँत लगाए ।

सास फेर्दा पनि बाँच्ने सम्भावना १५ प्रतिशत थियो
त्यसपछि, २६ मेको रातमा, बच्चालाई रोहतकको निजी अस्पतालमा लगियो । डाक्टरहरूले उनको बाँच्ने सम्भावना १५ प्रतिशत मात्र रहेको बताएका थिए । त्यसपछि फटाफट उपचार सुरु भयो । उपचारपछि अब उनी पूर्ण रूपमा निको भएर मंगलवार घर पुगेका छन् । उनी हाँस्दै खेल्दै घर फर्किदा दुनियाँ नै चकित बनेको छ ।

गाउँमा बन्यो खुशीको वातावरण
अब बच्चाका बुबा हितेशले आफ्नो ओठमा छोराले बनाएको घाउ देखाउँदै खुःशी मनाइरहेका छन् । सोही समयमा, हजुरबुवा विजयले यसलाई एक चमत्कार भनिरहेका छन् । आमाका अनुसार भगवानले उनलाई उनको छोरा फिर्ता गर्नुभयो । ईश्वरले फेरि उनको छोरोलाई जिवित बनाएर आफ्नो पुकार सुनेको उनी बताउँछिन् । परिवार मात्र हैन त्यहाँको सम्पूर्ण गाउँमा खुशीको वातावरण बनेको छ । यसरी मृत्युको मुखमा पुगेका एक बालकले दोस्रो जीवन पाएका छन् । यदी उनको अस्पतालमार्फत नै अन्तिम संस्कार गरिएको हुन्थ्यो भने सायद आज ति आमाबाबुले आफ्नो छोरा फिर्ता पाउँने थिएनन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *