नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई को’रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन्

त्यस्तै नेपालमा पछिलो २४ घन्टामा ३४ संक्रमितको ज्एयान गएको । ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ । जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पाेजेटिभ देखिएकाे छ ।

थप समाचार -विश्व बैंकले नेपाललाई ९८२ थान १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ। को’रोना महामारीविरुद्ध उपचार तथा दी’र्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा यूएनओपीएसमार्फत् ल्याइएको अक्सिजन कन्सेन्ट्रेटर बुझ्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले छोटो समयमा ती सामग्री ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले प्राप्त अक्सिजन कन्सेन्ट्रेटर आवश्यकताअनुसार सातवटै प्रदेशका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताए।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *