सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या

सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या

५ असार, सप्तरी । सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार घाँस काट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा शव फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *