धनगढी, ५ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका हेमराज ओझा कोरोना संक्रमितहरुको उपचारसंगै भारतबाट आउने नेपाली दाजुभाईहरुको सेवामा रात दिन खटिएका छन् । उनी कोरोनाको पहिलो लहर देखि नै दिनरात नभनी कोरोनाको जोखिमका बीचमा पनि जनताको सेवामा खटिएका छन् ।

ओझालाई निर्बाचनमा पराजीत गर्दै कृष्णपुर नगरपालिकाको प्रमुख भएका कर्ण बहादुर हमाल भने रक्सीको खोजीमा राति राति कैलालीको गोदावरी नगरपालिकाको अत्तरीयामा रक्सीको खोजीमा भौतारिरहेका छन् । सत्ता र शक्तिको मातले मैमत्त भएका हमालले राति १० बजेपछि रक्सी दिन नमान्दा अत्तरीयाको होटल सञ्चालकलाई दुव्र्यबहार गरेका छन् ।

मेयर हमालले होटल संचालक र उनका परिवारका सदस्यहरुमाथि अभद्र व्यबहार गरेको कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नु परेको छ ।

उता उनीसंगै पराजीत ओझा भने कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि अहोरात्र खटिदा स्यावासी र वाहीवाही पाईरहेका छन् । ओझाको कामको सामाजिक सञ्जालमा र सञ्चारमाध्यमहरुमा प्रशंसा भईरहदा मेयर हमालको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्को आलोचना भईरहेको छ । ओझाले निर्बाचनमा पराजीत भएपनि जनताको सेवा गर्न छोडेनन । हमाल भने जितेर मैमत्त भएका छन् । हमाल भने रक्सीको खोजीमा राति राति भौतारिने गरेको पाईएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *