उपत्यकामा निषेधाज्ञा ७ देखि १० दिन थपिने, सार्वजनिक गाडी चल्छ ?

उपत्यकामा निषेधाज्ञा ७ देखि १० दिन थपिने, सार्वजनिक गाडी चल्छ ?
sf7df8f}F, # c;f/ . sf7df8f}Fsf] lqk'/]Zj/l:yt bz/y/ªuzfnf cf;kf;sf] If]q . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्रलाई जानकारी दिनुभयो । यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो ।

स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उहाँले बताउनुभयो । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *