नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

१० असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्रशिक्षण तयारी तथा यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरिएको आईसीसीले जनाएको छ ।अब यो सिरिज एक वर्षपछि अर्थात २०२२ को जुलाईमा हुने आईसीसीको भनाइ छ । नेपालले यही सिरिजका लागि मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *