अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

काठमाडौ । महामारी होस् वा प्राकृतिक विपत्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् । उनै नायक पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । उनी फिल्ममा त हिरो छन् नै समाजमा उनले निभाएको सहयोगी ब्यवहारका कारण रियल हिरोको सम्मान दिइएको हो ।

महामारी सुरु हुनासाथ उनले अप्ठेरोमा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैया बराबराको सहयोग दिने घोषणा तत्काल गरे ।त्यसपछि उनी जस्तै अन्य कलाकारहरुले पनि सहयोगको हात बढाए । अहिले पनि उनी सहयोगमा जुटीरहेका छन् । मुलुकका विभिन्न स्थानमा राहत र सहयोग लिएर पुगेका छन् ।

लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *