मध्यपुर नगरपालिकाले गरेको कामको अवलोकन

भक्तपुर । मध्यपुर नगरपालिकाले आज विभिन्न सञ्चारगृहमा काम गर्ने पत्रकाहरुलाई नगरपालिकाले गरेको काम बारे अवलोकन गराएको छ ।

स्थानीय सरकार आएपछि नगरपालिकाले नगर भित्रका विभिन्न सम्पदाहरु, इनार, पाटी, पौवा, बाटोहरुमा भएको प्रगतीबारे नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख अञ्जना देवी मधिकर्मीसहितको पत्रकार टोलीलाई करिव ४घण्टा हिडाएर निर्माण सम्पन्न र निर्माण भइरहेको स्थानहरुमा अवलोकन गराएको हो ।थिमि नगर भित्रको पुरानो बस्तीमा भएका भत्किन लागेका, भत्किका सम्पदाहरुको पुणनिर्माण गरिएको र भैरहेको पनि अवलोकन गराइएको छ । फोहरमैलाले पुरिएर रहेका ढुङ्गगेधाराहरुलाई उत्खनन गरिएर पुरानै शैलीमा पुणनिर्माण गरिरहेको छ । पदयात्राका क्रममा नगर प्रमुख श्रेष्ठले २०७८ असार मसान्तसम्ममा नगर भित्रका २३ वटा मन्दिरहरु, ३७ वटा फल्चा, २५ वटा ढुङ्गेधारा, २० वटा ईनारहरु, ५ वटा बिहारहरु, १३ वटा पार्क र ३ वटा दरवारहरुको जिर्णोद्धार तथा पुणनिर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले २५ वटा पोखरीहरु रहेकोमा हाल १५ वटाको पुणनिर्माण भएको र जस मध्य ५ वटाको काम सकिसकेको छ भने बाँकी १० वटा को काम समापनको क्रममा रहेको जानकारी दिनु भयो । यी सबै कामको लागि हालसम्म नगरपालिकाले रु ७५ करोड खर्च गरिसकेको जानकारी दिदैं बाकी कामको लागि आउँदो वर्षमा थप रु ३५ करोड विनियोजन गरिएको पनि जानकारी दिनु भयो ।

प्रमुख श्रेष्ठले यी सबै स्थान, मठमन्दिर, पाटीपौवा र टोलको नाम पुरानैशैलीको नाम राख्ने पनि बताउनु भयो । धेरै ठाउँको नामहरु अपभं्रन्स भएर परिवर्तित भएका छन् भने ती सबै नामलाई स्थानीय जेष्ठ नागरिकहरु र संस्कृतिविदहरुसँग सरसलाहा गरेर पुरानै स्थानीय भाषाको नाम राख्ने पनि बताउनु भयो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *