सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाको दाबी

सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाको दाबी

काठमाडौं, साउन २। सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन् । संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।

सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ । यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन् । आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *