अल्लु अर्जुनकी ४ वर्षीया छोरी फिल्ममा डेब्यु गर्दै !

अल्लु अर्जुनकी ४ वर्षीया छोरी फिल्ममा डेब्यु गर्दै !

एजेन्सी । साउथका सुपरस्टार आज नाम र दामी दुवै हिसाबले कोहीभन्दा पछाडि छैनन् । चिरन्जीवीदेखि विजय देवकरकोन्डासम्म कयौं यस्ता उदाहरण छन्, जो पपुलारिटीमा बलिउड सुपरस्टारभन्दा पनि अगाडि छन् ।

यस्तै एक साउथ सुपरस्टार हुन्, अल्लू अर्जुन । आफ्नो अभिनय, एक्सन र नृत्यबाट दर्शकको मनमा बसेका उनी साउथका सर्वाधिक डिमान्डेड र महंगा अभिनेतामध्ये एक हुन् । अब उनकी चार वर्षकी छोरी अल्लू अरहाले पनि अभिनयमा डेब्यू गर्ने भएकी छन् ।

अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा अल्लू अर्जुनको छोरीले अभिनय गर्नेछिन् । उनी स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । चौथो पीढीले फिल्ममा आफ्नो सुरुवात गर्न लागेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

अल्लू अर्जुनको परिवारको तीन पीढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ । उनका हजुरबुबा, बुबा र अल्लू अर्जुन स्वयं फिल्मसँग जोडिएका छन् । अब यो परिवारको चौथो पीढीले फिल्ममा पाइला राख्न लागेको हो । अरहा फिल्ममा सामन्थासँग देखिनेछिन् ।

उनीसँग अल्लू अर्जुनले धेरै फिल्ममा काम गरिसकेका छन् । पर्दामा उनीहरुको जोडी दर्शकले निकै रुचाएका छन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *