विहे नै नगरीक बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी नायिका नम्रता सापकोटा, भिडियो बन्यो भाइरल

विहे नै नगरीक बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी नायिका नम्रता सापकोटा, भिडियो बन्यो भाइरल

नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।

त्यस्तै अहिले नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी एका एक चर्चामा आएकी छिन । अभिनेत्री नम्रता सापकोटाले विहे नगरीकनै बच्चा जन्माउने आफ्नो चाहना भएको बताएकी हुन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । सामाजिक संजालमा उनले आफूले भनेको कुराको भिडिओलाई पनि पोस्ट गरेकी छिन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *