सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण

सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलबार बिहान भएको भेटमा मन्त्री खाँणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था गर्न आवश्यक पहल गरिने बताउनुभएको हो ।

सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना ल्याएको र त्यसमा पनि सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ, उहाँले भन्नुभयो । बैंक तथा वित्तिय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने छ,’ मन्त्री खाँणले भन्नुभयो ।

सरकारले जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै उनले संवेदनशीलताका आधारमा प्राथमिकतामा राखेर खोप दिने योजना रहेको जानकारी समेत दिनुभयो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *