रमेश महर्जनको सभापतित्वमा सुन, चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

रमेश महर्जनको सभापतित्वमा सुन, चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरिएको छ । कमर्सका महानिर्देशक कैलाश कुमार बजिमयले कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा सुन, चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरिएको जानकारी दिनुभएको हो ।

कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महर्जनको सभापतित्वमा गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm समितिको उपसभापतिमा क्रमशः दियेश रत्न शाक्य, सुमन मान ताम्राकार रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सुर्य कुमार वराल, अर्जुन विश्वकर्मा मनोनित हुनु भएको छ । नवमनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुँदै कमर्सका अध्यक्ष मल्लले गठन गरिएको समितिमा लामो अनुभव हाशिल गर्नुभएका व्यक्तित्वहरुको प्रतिनिधित्व भएकोले यस क्षेत्रको प्रवद्र्धन, नीति तथा पैरवीको लागि उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्नुभएको छ ।

अध्यक्ष मल्लले निर्वाचित सबै पदाधिकारीहरुलाई कार्यकालको सफलताको कामना व्यत्तः गर्नुभएको छ । गठित समितिमा कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *