चितवनमा युवकको शव फेला, नजिकै भेटियो खोका

चितवनमा युवकको शव फेला, नजिकै भेटियो खोका

भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गो’ ‘ली ला’गेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गो’ ली ला’गेको जस्तो घाउ देखिएको छ । नजिकै गो’ ‘लीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

 

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *