नेपाली युट्युव कन्टेन्ट क्रिएटरको लागि खुसीको खबर, अब नेपालबाटै मनिटाइज गर्न सकिने

नेपाली युट्युव कन्टेन्ट क्रिएटरको लागि खुसीको खबर, अब नेपालबाटै मनिटाइज गर्न सकिने

काठमाडौं, ७ पुष । नेपाली युट्युव कन्टेन्ट क्रिएटरको लागि खुसीको खबर रहेको छ । युट्युवले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । युट्युवले भर्खरै नेपालबाटै मनिटाइज गर्न मिल्ने गरी पार्टनर प्रोग्रामको सूचीमा राखेको हो ।

योसँगै नेपाली युट्युब कन्टेन्ट क्रिएटरहरुले नेपालकै नाम राखेर आफ्ना युट्युव च्यानललाई मनिटाइज गर्नसक्ने छन् । त्यस्तै, युट्युवका सबै किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । जसको नोपली युट्युव कन्टेन्ट क्रिएटरहरुले पालना समेत गर्नुपर्नेछ ।

 

त्यसोत, यसअघि युट्युवले नेपाललाई आफ्नो पार्टनरको सूचीमा नराख्दा नेपाली यूट्यूबरहरुले अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । यसअघि नेपालका युट्युबरहरुले अमेरिका, भारतलगायत देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्दै आएका थिए ।

युट्युवको पार्टनर प्रोग्राममा हालसम्म नेपालसहित १ सय २२ देशहरु रहेका छन् । युट्युब मनिटाइज गर्नका लागि कम्तीमा एक हजार सब्सक्राइबर र चार हजार घन्टा भिडियो हेरिएको हुनुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो समय युट्युवबाट राम्रो आम्दानी हुने भएकाले नेपालमा पनि युट्युव कन्टेन्ट क्रिएटरहरु ह्वात्तै बढेका छन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *