राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे ।

बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *