मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

बझाङको खप्तड छान्ना गाउँपालिकाका–५ मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावका रूपमा दलले सम्मान गरेकाे हाे । बुवाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा हृदयघातबाट मृत्यु भयो । उनको शवलाई कोल्टीबाट नेपाली कांग्रेसको झण्डा ओढाएर घरसम्म लगियो । त्यसको भोलिपल्ट पिलुचौर मसानघाट लगेर अन्तिम संस्कार गरियो । पहिले शवलाई ओढाइएको झण्डा अहिले मसानघाटनजिकैको रुखमा फहराइरहेकाे छ ।

जगन्नाथ गाउँपालिका–४ गोत्रीका नयाँराम विकको मृत्युपछि पोस्टमार्टम गरेर गाउँ फर्काउँदा उसैगरी माओवादीको झण्डा ओढाइएको थियो । कर्णालीस्थित मसानघाटमा पुर्‍याएपछि उनलाई छोपेर लगेको झण्डा मसानघाटनजिकै टाँगियो ।

केही वर्षयता गाउँमा लासलाई पार्टीको झण्डा ओढाएर त्यसमाथि दाबी ठोक्न होडबाजी नै चलेको छ । ‘यहाँका मसानघाट छेउछाउका बगरमा पहिले सेता कपडा र कात्रोहरू भेटिन्थे । अहिले पार्टीका झण्डाहरू मात्र भेटिन्छन्’, कर्णाली नदीनजिकै बस्ने सरि शाहीले भने, ‘यो राजनीति पनि अचम्मकै हुँदो रहेछ, मसानघाटलाई समेत नछोड्ने ।’

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *