Breaking: नेपालमा ४.१ म्याग्निच्युड भुकम्पको धक्का महसुस

Breaking: नेपालमा ४.१ म्याग्निच्युड भुकम्पको धक्का महसुस

काठमान्डौ – नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलामा शनिबार (आज) भुकम्पको धक्का महसुस गरिएको हो ।शनिबार विहान १० बजेर ४१ मिनेटमा ४.१ म्याग्निच्युडको भुकम्प गएको राष्ट्यि भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौँले जनाएको छ ।

भुकम्पका कारण दार्चुलामा कुनै धनजनको क्ष’ती नभएको प्रहरीले जनाएको छ ।भारतको उत्तराखण्डको गोल्फ भन्ने स्थानमा केन्द्रबिन्दु भएर गएको भुकम्पको दार्चुला, बैतडी लगायत सुदूरपहाडका जिल्लाहरुमा समेत धक्का महसुस भएको थियो ।

थप समाचार – अस्पतालको ग’म्भीर ला’परवाहीका कारण कोरोना संक्रमित दुई जनाको मृ’त्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई का’रवाही गर्ने भएको छ ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार का’रवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पी’डित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा का’रवाही प्रक्रिया अघि बढाउन नसकिएको उनले वताए ।

‘आज सो अस्पतालमा भएको घ’टनाका बारेमा पी’डित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल ग¥र्यौ । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका का’रवाही अघि बढाउँछौ’, उनले भने ।पन्ध्र श’य्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बि’रामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना संक्रमिको दुई जनाको मृ’त्यु भएको थियो ।

मृ’त्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको थियो ।स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो ।

अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अ’भाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृ’त्यु भएपछि अस्पतालले ध’माधम बि’रामीलाई अन्त लैजान आफन्तलाई द’बाब दिएको थियो । सोही क्रममा एक संक्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृ’त्यु भएको थियो ।

अस्पतालको च’रम ला’परवाहीका कारण बि’रामीको मृ’त्यु भएपछि पी’डित आफन्तले राति नै अस्पतालमा ना’राबाजी गरेका थिए । सो क्रममा झ’डपको स्थिति आएको थियो । अस्पतालले बि’रामीलाई अ’न्यत्र रिफर गरेको कागजसमेत नदिई बि’रामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बि’रामीलाई बाहिर निकालेर अ’लपत्र पारेको आफन्तको आरोप छ ।

पी’डित परिवार अस्पतालको च’रम ला’परवाहीका कारण बि’रामीको ज्यान गएको भन्दै उ’चित क्ष’तिपूर्ति र अस्पताललाई का’रवाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।अस्पतालले बिहीबार राति १४ बि’रामीलाई अन्यत्र लैजान द’बाब दिएको थियो ।

सो अनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ ।यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्ष’तिपूर्ति दिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पी’डित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पी’डित परिवारलाई क्ष’तिपूर्ति दिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए ।

के कस्तो क्ष’तिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए । ‘आजको छलफलमा पी’डित पक्षलाई क्ष’तिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्ष’तिपूर्ति तय गर्ने सहमति भएको छ’, उनले भने ।त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *