डिभीको नतिजा आज ९:४५ मा सार्वजनिक हुँदै, परे नपरेको यसरी थाहा पाउनुहोस्

डिभीको नतिजा आज ९:४५ मा सार्वजनिक हुँदै, परे नपरेको यसरी थाहा पाउनुहोस्

गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार सार्वजनिक हुँदैछ। अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ। डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ।

तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ। डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ। डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।

थप समाचार -अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंले भने अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको दूतावासले स्पष्ट पारेको छ । अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सुचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

अहिलेका लागि मे १४ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपनि परिवर्तित अवस्थालाई सम्बोधन गर्न उडान स्थगन लम्बिनसक्ने तर्फ दूतावासले सचेत गराएको छ । यद्यपी सरकारले लकडाउनको बेलामा नेपाल छाड्न चाहनेहरुका लागि चार्टड उडानको अनुमति दिने चाहना व्यक्त गरेको भन्दै दूतावासले नेपाल छाड्न चाहने अमेरिकनहरुका लागि फर्मको व्यवस्था गरेको हो ।

अहिले नेपालबाट नयाँ दिल्लीमा साताको दुईवटा बाहेक सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भइसकेका छन् । यसैबीच नेपालको पर्यटन मन्त्रालयले काठमाडौं फर्कन सहयोग चाहिने पर्यटकहरुका सन्दर्भमा फर्मको व्यवस्था गरेको छ । पर्यटकहरुको स्थान र अवस्थाबारे जानकारी हासिल गर्नका लागि उक्त फर्मको व्यवस्था गरिएको हो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *