देश महामारीमा फसेको बेला, दोलखा भीमसेनलाई पसिना

देश महामारीमा फसेको बेला, दोलखा भीमसेनलाई पसिना

काठमाडौं– दोलखाको सदरमुकाम चरिकोटमुन्तिर रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।दोलखाको प्राचिन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको हो ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको भीमेश्वर मन्दिरको शिलामा आज मध्यान्ह १२ बजेर १५ मिनेट देखि निरन्तर पसिना आईरहेको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले सिधा कुरालाई जानकारी दिनुभयो ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । सकरात्मक वा नकरात्मक परिर्वतन, अनिष्टका घटनाको पुर्वसुचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङखाले हम्कने गर्छन ।

मन्दिरको शिलामा दयाँ तथा बायाँतर्फ पसिना आइरहेको छ । भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ भने मन्दिरमा पसिना आएमा राष्ट्रपतिले क्षमा पुजा गर्नुपर्ने चलन छ ।पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *