कोरोनाका बिरामीलाई अक्सिजन किन्न श्वेता र विजयन्द्रको सहयोग

कोरोनाका बिरामीलाई अक्सिजन किन्न श्वेता र विजयन्द्रको सहयोग

कोरोनाका बिरामीको चाप बढ्न थालेपछि देशभरका अस्पतालमा अक्सिजनको खपत बढेको छ भने आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितले अक्सिजनको अभावमा अस्पतालको शय्यामा छट्पटाउनु परेको छ । यतिबेला अक्सिजनभन्दा सिलिन्डरको चर्को अभाव देखिएको छ ।

यस्तो अवस्थामा नेपाली कलाकारहरुले सहयोगी हात अगाडि आउन थालेका छन् । अभिनेता पल शाहले केही दिनदेखि अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । यसका लागि उनी आफैं फिल्डमा खटिएका छन् ।

उनले अक्सिजन खरिदका लागि हाम्रो टिम नेपाललाई २ लाख सहयोग पनि गरेका छन् । निखिल उप्रेतीसहितको समुहले पनि अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।यसैक्रममा, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेका छन् ।

निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो । उनले मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *