बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँके / बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए । उनका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष छन् ।

 

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताए । रासस

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *