लकडाउनमा आमा बन्दै नेपाली यी ३ नायिका (तस्विरसहित)

लकडाउनमा आमा बन्दै नेपाली यी ३ नायिका (तस्विरसहित)

अहिले नेपाली समाज केही खुल्दै गएको छ । आमा हुन लागेको थाहा पाएपछि स्वयम् आमा तथा साथिभाई, आफन्तले पनि खुशियाली मनाउने चलन बढ्दै गएको छ । यस्तै नेपाली चलचित्र क्षेत्रका तिन नायिकाले आफु गर्भवती भएकोमा आफ्ना फ्यानहरु माझ खुशियाली साटासाट गरेका छन् ।

नायिका प्रियंका कार्की –

नायिका प्रियंका कार्कीले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत खुलाएकि थिइन् । प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्।

पोस्टमा आफ्नो दम्पतिकाे फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ१ हो, हामी गर्भवती छौं। भन्दै ‘फेसबुक र इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो ।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि१ भन्ने अड्कल काटेका थिए। प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।

नायिका गरिमा पन्त-

नायिका गरिमा पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । प्रेममा रहेको केही बर्षपछि उनीहरुले विवाह गरेका थिए ।

विवाहपछि उनी श्रीमानसँग बेल्जियममा बस्दै आएकी छिन् । पन्तले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । यसरी नायिका प्रियंका कार्की, ऋचा शर्मा त्यसपछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यान माझ साटेकी हुन् ।

नायिका ऋचा शर्मा-

यस्तै नायिका ऋचा शर्माले आफू आमा बन्न लागेकोमा खुसी व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा श्रीमान् दिपेक्षविक्रम राणासँग सजीवनको रुखमा पानी हाल्दै गरेको तस्वीर सेयर गर्दै शर्माले सबैसँग आशिर्वादको अपेक्षा गरेकी छन् ।

उनले एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सौभाग्यको कुरा भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस्, आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन ।’ नायिका शर्माले आमा बन्न लागेको खबर बाड्न पाउँदा खुसी भएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माँझ यो खुसी बाँडन पाउदा सम्पूर्ण महसुश भइरहेको छ ।’ एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको नायिका शर्माको भनाइ छ ।

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस् भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’ नायिका शर्माले गतवर्ष बितेकी आफ्नी आमालाई सम्झँदै लेख्छिन्, ‘आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई ।’’ ऋचा र दिपेक्षको गतवर्ष मंसिरमा विवाह भएको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *