युवाहरुको रोजाई पल्सर २२० एबीएस नै किन ? अफर, छुट र मासिक किस्ता कति ?

युवाहरुको रोजाई पल्सर २२० एबीएस नै किन ? अफर, छुट र मासिक किस्ता कति ?

काठमाडौं । बजाजको पल्सर २२० नेपाली बजारमा चर्चित र सफल मोटरसाइकल हो । यो मोटरसाइकल सहर, पहाड जुनसुकै ठाउँको लागि अतिनै उपउक्त मानिने मोटरसाईकल मानिन्छ । अझ भन्ने हो भने पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् ।

यस मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन, ८५०० आरपीएम, २०।६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८।५५ एनएम टर्क, र इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको हुन्छ । यस मोटरसाइकलको सीट हाइट ७९५ एमएम र टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यस मोटरसाइकल तौल १५५ किलोग्रामको छ भने बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यस इन्धन क्षमता १५ रहेकोछ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल आएको थियो । नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ५० हजार ९०० रहेको छ ।

१५० सि सि सम्मका बाईकहरुमा minimum २०%, १५१ सि सि माथिका बाईक हरुमा Minimum ३०% र ५० प्रतिशतमा डाउन पेमेन्टमा 0% प्रतिशत व्याजमा लिन सक्नेछ । २२० एबीएस मासिक किस्ता Rs 9747 रहेकोछ । नयाँ वर्षको अफर क्यासमा रु. १०,००० देखि १०००००० सम्मको सून्य अफर रहेको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *