बाँकेमा आफ्नै बाबुले गरे छोरा ह,त्या

बाँकेमा आफ्नै बाबुले गरे छोरा ह,त्या

सुरज मेघनाथ जेष्ठ १३ गते

बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौडीमा बुधबार राती धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

राति ९ बजेको समयमा बाबु छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० बर्षिय बुबा ठाकुर प्रसाद वलिले आफ्नै छोरा अन्दाजी १८ बर्षिय छोरा पोषण वलिलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन ।

धारिलो हतियार खुर्पाद्धारा गर्धनमा प्रहार गरी गम्भीर चोट लागेका वलिलाई रातिनै उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि पुर्याएको केही समयमा नै अस्पतालले मुर्त घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । छोराको हत्या आरोपमा मृ्र्तकका वुवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

साथै उक्त घटनामा प्रयोग गरिएको धारिलो हतियार खुर्पालाई प्रहरीले बरामद गरिसकेको जनाएको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *