सिलिण्डर काण्डपछि माओवादीको गुण्डागर्दी: भन्छन्, ‘खुट्टा भाच्ने लिष्ट छ’

सिलिण्डर काण्डपछि माओवादीको गुण्डागर्दी: भन्छन्, ‘खुट्टा भाच्ने लिष्ट छ’

रोल्पा, १४ जेठ । सिलिण्डर काण्डमा बदनाम भएका माओवादी नेता वर्षमान पुन र प्रदेश सांसद दिपेन्द्र पुनका छोरा मिलन पुन गुण्डागर्दीमा उत्रिएका छन् । रोल्पाका स्थानीय तहलाई मंहगो मूल्यमा अक्सिजन सिलिण्डर बेचेको एकाएक पर्दाफास भएपछि निवर्तमान संघीय सांसद वर्षमान र प्रदेश सांसद दिपेन्द्र पछिल्लो समय तीब्र आलोचित बनेका छन् ।

जताततै कोरोना महामारीमा चलिरहेका बेला काठमाडौँस्थित विध कम्पनीमार्फत् उनीहरूले चर्को मूल्यमा रोल्पाका आठ स्थानीय तहलाई अक्सिजन सिलिण्डर बेचेपछि उनीहरूको कतुर्त खुलासा भएको हो । सिलिण्डर काण्डमै मुच्छिएका प्रदेश सांसद दिपेन्द्र पुनका छोरा मिलन पुन जिल्लामा मुख देखाउन धौ भएपछि सामाजिक सञ्जालमा गुण्डागर्दी शैलीमा उत्रिएका छन् । सत्तामा जोसुकै भएपछि रोल्पामा माओवादी भल्ने हुकार गरेका छन् ।

कमाउ धन्दा र आफूमाथि आलोचना गर्ने रोल्पालीहरूलाई सांसद पुनका छोरा मिलनले खुट्टा भाच्ने लिस्ट पारेको आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले विरोधीहरूलाई आफ्नो भनाई चेतनावनी भएको फेसबुकमा लेखेका छन् ।

महामारी संकटमा सिलिण्डर काण्डमा नाइकेका रुपमा चिनिएका माओवादी नेता वर्षमानले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै जिल्लाका वरिष्ठ पत्रकार काशीराम डाँगीलाई समेत सामाजिक सञ्जालमार्फत् धम्की दिएका छन् ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *