स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सयोजक टेकेन्द्र मल्लको माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सयोजक टेकेन्द्र मल्लको माग

नेपालगन्ज : बिहीवार साँझ भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनालाई लिएर अनेरास्ववियु बाँकेले घाटनाको घोर  निन्दा गर्दै बिज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले हस्ताक्षर गरेको बिज्ञप्तिमा स्वास्थ्यकर्मी कुटपिट गर्ने जो कोहि भए पनि कडा कारबाही गर्न माग गरेको छ ।

कोरोना कहरमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको मनोबल घट्ने क्रियाकलाप भैरहेकोले सो को बिरोध गर्दै अनेरास्ववियुले त्यस्ता क्रियाकलापमा संलग्नलाई प्रशासन तथा सम्बद्ध निकायले कडा कारबाही नगरे अनेरास्ववियु बाँके आफैले कारबाही गर्ने चेतावनी दिएको छ ।

 

स्वास्थ्यकर्मीको मनोबल खस्कने गरि भएका त्यस्ता घटनाले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा बाधा उत्पन्न हुने कुरा जानकारी गराउदै यस्ता अमानवीय ब्यवहार रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं , बिज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस अनेरास्ववियु बाँकेले जारी गरेको बिज्ञप्ति

 

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *