स्त’न र जोर्नीको दुखाइ कम गर्छ बन्दा गोभीले, यसरी प्रयोग गर्नुहोस

स्त’न र जोर्नीको दुखाइ कम गर्छ बन्दा गोभीले, यसरी प्रयोग गर्नुहोस

हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भ’यानक रुपमा देखापर्न थालेको छ ।

टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्त’नको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, यसको प्रयोग कसरी गर्ने त ?

पहिलो तरिका
बन्दा गोभीलाई प्लास्टिकमा राखेर १० देखि १५ मिनेटसम्म फ्रिजमा राख्ने । फ्रिजमा राखेको बन्दा गोभीको पातलाई दुखाई भएको अं’गमा राखेर तौलियाले पट्टी गर्ने । उक्त चिसो भएको बन्दा गोभीको पात शरीरको तापक्रममा तातो हुन्छ र युरिक एसिड पग्लिन थाल्छ । जसले दुखाई कम गर्छ ।

दोस्रो तरिका
यदि पैतालामा दुखाई भएको छ भने बन्दा गोभीको पात बेरेर प्लाष्टिकले बाँध्ने र त्यसलाई ३० मिनेटसम्म छोडिदिने गर्दा आराम मिल्छ ।

तेस्रो तरिका
बन्दा गोभीको पातलाई पिसेर निकालेको रस दुखाई भएको ठाउँमा लगाउने र कपडाले बाँध्ने । यसलाई १५ देखि २० मिनेट छोडिदिने । यसो गर्दा दुखाई कम हुन थाल्छ ।

चौँथो तरिका
कराई वा प्यानको हल्का तातो बनाएर बन्दा गोभीको पात तताउने । बन्दा गोभीको पात हल्का तातो भएपछि दुखेको ठाउँमा राखेर ४५ मिनेट छोडिदिने जसले दुखाई कम गर्छ ।

चो’टमा
चो’ट लागेको समयमा पनि बन्दा गोभीको पातले ब्यान्डेज गर्दा दुखाई कम हुन्छ ।

टाउको दुखाई
थकावट वा अन्य कारणले टाउको दुखेमा बन्दा गोभीको पात चिसो बनाएर रातभर टाउकोमा राखेर कपडाले बेरेर सुत्ने गर्दा बिहानसम्म टाउको दुखाई कम हुन्छ ।

स्त’नको दुखाई
स्त’नपान गराउने महिलाहरुको स्त’नमा दुखाई हुने तथा सुन्निने समस्या धेरै हुन्छ । यस्तो समयमा बन्दा गोभीको पातलाई १ घण्टा फ्रिजमा राख्ने र २० मिनेटसम्म स्त’नको नि-प्पल ढाक्नेगरी पातले बेरेर राख्दा यसको दुखाई कम हुन्छ ।

नोटः बन्दा गोभीले एलर्जी हुने व्यक्तिहरुले यो प्रयोग गर्न हुँदैन ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *