समर्थकलाई अलमुताइरीको सन्देश: मलाई सर वा बोस नभन्‍नुस्, म प्रशिक्षक मात्रै हुँ

समर्थकलाई अलमुताइरीको सन्देश: मलाई सर वा बोस नभन्‍नुस्, म प्रशिक्षक मात्रै हुँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समाजिक सञ्जालमा निकै व्यस्त देखिन्छन् । उनी नेपाली समर्थक टोली के चाहन्छ भन्ने कुरामा राम्रोसँग जानकार र सजग रहेका छन् ।

उनले विश्वकप तथा एसियन कपको संयुक्त छनोट खेल्नु अघि इराक पुगेर टिमको नतिजा जस्तो आए पनि त्यसको जिम्मेवारी आफूले लिने उल्लेख गरेका थिए ।अलमुताइरीले इराकसँग मैत्रीपूर्ण खेलको हारमा पनि खेलाडीलाई कुनै दोष नदिन र त्यसको जिम्मेवारी आफ्नो रहेको बताएका थिए ।

यति बेला नेपाली टोली विश्वकप तथा एसियन कपको संयुक्त छनोट खेल्न कुवेतमा छ ।

नेपालले बिहीबार भएको खेलमा चाइनिज ताइपेइलाई २-० ले हराउँदै सुखद् सुरुवात गरेको छ । अब नेपालले जुन ७ मा जोर्डनको सामना गर्ने छ ।

अलमुताइरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् नेपालले एउटा खेल जितेको र अर्को खेलका लागि तयारी गरिरहेको बताउँदै नतिजाका लागि खेलाडीलाई दबाब नदिन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सर्वप्रथम त साथ र सहयोगका लागि सम्पूर्ण नेपाली समर्थकलाई धन्यवाद । हामीले एउटा खेल सकाएका छौँ र जोर्डनसँगको दोस्रो खेलका लागि तयारी गरिरहेका छौँ ।’

‘म नेपाली समर्थकसँग आग्रह गर्छु कृपया नतिजाका लागि खेलाडीलाई दबाब नदिनु होला । हामीले पहिलो खेलको लक्ष्य प्राप्त गरिसकेका छौँ ।’

‘जोर्डनसँगको खेल निकै दबाबपूर्ण छ र मेरा लागि नयाँ पनि । त्यसैले मलाई बिना दबाब आफ्नो काम गर्न दिनु होला । म सबैलाई धैर्य राख्न आग्रह गर्दछु । मलाई सर बा बोस नभनिदिनु होला, म प्रशिक्षक मात्र हुँ’, उनले थपे ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *