कोरोनाबाट बाँकेमा थप पाँच जनाको मृत्यु, मृत्तक संख्या ३१० पुग्यो

कोरोनाबाट बाँकेमा थप पाँच जनाको मृत्यु, मृत्तक संख्या ३१० पुग्यो

बाँके, २२ जेठ । कोरोनाबाट बाँकेमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान गएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका–११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका–४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर–१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका–१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *