रुमाहीडी फाउन्डेसन र स्टीचिङ प्रोजेक्सन नेपाल को आर्थिक सहयोगमा लायन्स क्लब नेपाल हाईलाईट बाट स्वास्थ्य सामाग्री वितरण

रुमाहीडी फाउन्डेसन र स्टीचिङ प्रोजेक्सन नेपाल को आर्थिक सहयोगमा लायन्स क्लब नेपाल हाईलाईट बाट स्वास्थ्य सामाग्री वितरण

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा,उपचारमा रहेका विरामी र तिनका कुरुवाको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराईएको छ ।धादिङग लगाएर कयौं जिल्लाहरुमा लायन्सको योगदान अमुल्य छ हरेक परिस्थितिमा मलम लाउन लायन्सको ठुलो योगदान छ विभिन्न सामाजिक हितका कार्यहरु गर्दै आईरहेको लायन्स क्लव अफ नेपाल हाईलाईट्सले धादिङको अस्थायी कोभिड अस्पतालका साथै जिल्लाका अन्य चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।

क्लबले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सञ्चालित अस्थायी कोभिड अस्पताल, ज्वालामुखी गाउँपालिकाको सालवास, त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानी र आगिन्चोक स्वास्थ्य चौकीका साथै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको जानाकारी डिल्ली प्रसाद छत्कुली ले बताउनु भयो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि अक्सिजन कन्सनट्रेटर ४ थान,अक्सिजन रेगुलेटर २० थान, डिजिटल थर्मोमिटर २० थान,फेस शिल्ड एक सय वटा,अक्सिजन मास्क २० थान, पल्स अक्सिमिटर २० थान, पिपिई सेट ४० वटा, सर्जिकल मास्क ३५०० थान, थर्मल गन १० थान, स्यानिटाईजर १२५ लिटर, स्टिमर २५ थान र एक सय जनालाई भिटामीन औषधी उपलव्ध गराईएको छ ।

जिल्ला अस्पताल द्धारा सञ्चालित अस्थायी कोभिड अस्पताल धादिङबेसीमा अक्सिजनको मिनी प्लाण्ट जडान गरी सञ्चालनमा आईरहेकोले अक्सिजन कन्सनट्रेटर ग्रामीण भेगका स्वास्थ्य संस्थालाई प्राथमिकता दिईएको पनि अध्यक्ष खकुरालले टिप्पणी गर्नु भो।

स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा,उपचारमा रहेका विरामी र तिनका कुरुवाको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराईएको क्लवले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा पुगेर सामाग्री बितरण गर्ने कार्यमा क्लवका अध्यक्ष खकुरालका साथै अन्य सदस्यहरु विनोद सडौला, इश्वर भण्डारी र बुद्धिप्रसाद बुर्लाकोटीको सहभागिता रहेको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *