शान्तिपूर्ण राजनीतिमा नआएको विप्लवको घोषणा !

शान्तिपूर्ण राजनीतिमा नआएको विप्लवको घोषणा !

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शान्तिपूर्ण राजनीतिमा नआएको खुलासा गरेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँसँग कुराकानी गर्दै विप्लवले यस्तो बताएका हुन् ।

 

उनले आफू शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो पार्टी ऋणबाट मुक्त भएको पनि उनले बताएका छन् । विप्लवले आफूहरुले चन्दा आतंक मच्चाएको नभई पार्टीको आर्थिक दृष्टिकोण अनुसार अघि बढेको पनि जिकीर गरेका छन् ।

 

 

विप्लवसँग पत्रकार बानियाँले गरेको कुराकानीको सम्पादित अंशको संक्षिप्त भागः

संसदीय राजनीतिमा लागेका राजनीतिक दलहरु अहिले आलिसान महलमा बस्छन् तर तपाईंको बसाइ फरक छ । अहिले संसदीय राजनीति स्वीकारेको एउटा दलको महासचिवको साधारण जीवनशैली किन ?

मसँग जत्तिको घर छ, हाम्रा जनताहरुमा कतिसँग त यत्तिको पनि छैन । म नेता हो भन्दैमा आलिसान महलमा बस्नुपर्छ भन्ने छैन । हामी सबै नेपालको यही समाजमा यही गाउँठाउँमा हुर्किएका हौं । त्यसैले समाजमा जे जस्ता विशेषताहरु छन्, त्यसैसँग घुलमिल हुन सक्नुपर्छ । नेता भन्दैमा आलिसान महल नै चाहिन्छ भन्ने छैन ।

यो तपाईंको फार्म हाउस हो वा बस्ने घर ? ठूला मान्छेहरुको फार्म हाउस र निवास फरक फरक हुन्छ नि ।

मेरो फार्म हाउस र घर फरक छैन । जे भने पनि यही एउटा हो । जनयुद्धको समयमा पर खेतमा थियो घर । अहिले त्यो भासिएर सकियो । यो पछि बनाएको घर हो । जनयुद्धमा व्यक्तिको सम्पत्ति पार्टीलाई बुझाउने नीति अनुसार मेरो पुख्र्यौली सम्पत्तिको रुपमा रहेको खेत मैले पनि पार्टीलाई बुझाएकै हो । तर माओवादी शान्ति प्रक्रियामा आएपछि सो खेतमा हाम्रै परिवारले खेती गर्ने गरेका छन् ।

भनेको माओवादी शान्ति प्रक्रियामा आएपछि पहिले पार्टीको नाममा दिएका जग्गाहरु सबैले फिर्ता लिए ?

त्यसको फिर्ताको त कुरै नगरौं । ती जग्गाहरु कहाँ पुगे भन्ने त अर्कै कुरा छ । त्यतिबेला सर्वहाराकरण गर्ने भन्ने नीति अनुसार नै हामीले पार्टीलाई बुझाएका थियौं । तर शान्तिप्रक्रियापछि त्यो सर्वहाराकरणको नीति बदलियो । त्यही क्रममा हामीले पनि पार्टीलाई दिएको जग्गा आफैँले उपभोग गर्न थाल्यौं ।

धेरैले सोच्छन्, नेकपा महासचिव विप्लव निकै धनी छन् होला । तपाईंको पार्टी र कार्यकर्ताले लामो समयदेखि चन्दा उठाउँदै आएका पनि छन् । ती पैसा कहाँ छन् अहिले ?

हामी चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो । वास्तवमा भन्ने हो भने हामीले नेपाल कम्युनिष्ट पार्टी बनाएपछि हामी ऋणमा चाहिँ छैनौं । हामीले ठूलो आर्थिक व्ययभार व्यहोर्नु प¥यो । चन्दाको कुरा गर्दा हाम्रो पार्टीको एउटा आर्थिक दृष्टिकोण छ । पार्टी के हो रु कार्यकर्ता के हो रु भन्ने कुरालाई समेटेर हामीले नयाँ दृष्टिकोण सार्वजनिक गर्दैछौं । कम्युनिष्ट पार्टीको आदर्श के हो रु त्यो भत्किनुको कारण के हो रु भन्ने बारेमा हामीले अध्ययन गर्दैछौं । कम्युनिष्ट कार्यकर्ता भनेको बोझ होइन भन्ने बारेमा हामीले प्रमाणित गर्न खोज्दैछौं ।

तपाईं शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरिसकेपछि पनि अझै तपाईं भूमिगत जस्तै अवस्थामा हुनुहुन्छ । के यो घोषणामा मात्रै सीमित भएको हो ?

हामीले त्यतिबेला पनि शान्तिपूर्ण राजनीतिमा आयौं भनेको होइन । शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार छौं भनेको हो । जुन हामी पहिलेदेखि नै त्यही मान्यतामा छौं । जनयुद्ध पनि शान्तिपूर्ण राजनीतिको उत्कर्ष थियो । मलाई लाग्छ राजनीतिलाई शान्तिपूर्ण र हिंसात्मक भनेर वर्गीकरण गर्नुहुन्न । हाम्रो बुझाइमा त्यहीँ त्रुटि छ । हामी भूमिगत अवस्थामा पनि शान्तिपूर्ण राजनीतिमै थियौं ।

सरकार र विप्लवबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएपछि  नेकपा खुला राजनीतिमा आएको थियो ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *