घट्दै छन् काे’रोनाका गम्भीर संक्रमित

घट्दै छन् काे’रोनाका गम्भीर संक्रमित

काठमाडौं । काे’रो ना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर सं’क्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन्। यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै, बुधबार देश भर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । याे खबर आजकाे राजधानी दैनिकमा छ ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *