साथ दिने हो भने जीवन भर दिनु केहि समयको साथ त मलामीले नि दिने गर्छन

साथ दिने हो भने जीवन भर दिनु केहि समयको साथ त मलामीले नि दिने गर्छन

१) प्रेम सबैको सफल हुदैन र सबै प्रेमी धोखेबाज पनि हुदैनन ।

२) कसैसंग मन दुख्यो भने रिसाएर नबोलेर बस्नु भन्दा मनमा लागेको कुरा बताउनु एउटा साचो मित्रको कर्तव्य हो ।

३) मेरो जीन्दगीमा आउने तमाम घटिया मान्छेहरुलाई धन्यवाद, मैले उनिहरु बाटै सिके कि मलाई उनीहरु जस्तो बन्नु छैन भनेर ।

४) रिसाउँन जो कोहि सक्छ तर उचित समयमा उचित व्यक्ति सग उचित कुराको लागि उचित मात्रामा उचित तरिकाले रिसाउने क्षमता जो कोहिमा हुदैन ।

५) सूर्यलाई पनि त छेक्दो रहेछ ग्रहणले भने तिमी त मान्छे हौ कसरी पो हो बच्ने । धेरै घमन्ड पनि नगर यहाँ आफू आफैँमा पालो सबैको आउँछ औकातमा बस्ने ।

६) जिन्दगीमा पीडा होस या खुशी आतिनु अनि मातिनु हुदैन थाहा हुदैन जिन्दगीले कतिबेला के गराउछ भनेर ।

७) झुठो बोल्ने हरु केहि पलको लागि कसैको बिश्वासिलो हुनसक्लान तर जिन्दगीभर बिश्वास गर्न लायक कहिल्यै हुदैनन ।

८) अधिक प्रेम भएका सम्बन्धहरु नै सबैभन्दा कम्जोर अनि छोटा हुन्छन ।

९) निरासा सबैभन्दा ठुलो शत्रु हो त्यसैले जहिले पनि सकारात्मक बन ।

१०) गलत कसैलाइ नलेख, शत्रु कसैलाइ नदेख । सबै आफ्नो दुख गरि खाने छन पसिना बगाउने लाई बाटो नछेक ।

११) दुख्दै छन जिन्दगीका केहि घाउ त निको हुदैछन केहि ।

१२) कसैले तपाईसँग केही माग्छ भने दिने गर्नुस र भग्वानलाई तपाई यो कुरामा धन्यवाद दिनुस् कि उनले तपाईलाई दिने हरुमा बनाए माग्नेहरुमा होइन ।

१३) खुशी हुन मन नलागेको त कहाँ होर, तर दुनियाँ देखि डर लागेर मात्र हो ।

१४) प्रेम खास थियो जब तिमी साथ थियौ अहिले त बकवास लाग्छ ।

१५) जिन्दगीमा हरेक दिन खुसी हरु घट्दै गएका छन अनि दुख र एक्लोपन बढ्दै गएको छ ।

१६) अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ, दिमागको शक्तिले नै जीवनको शार बताउछ ।

१७) केहि साथी यस्ता हुन्छन छुटेर जान्छन, केहि सपना पूरा नभइ टुटेर जान्छन । जिन्दगी जसोतसो बितिरहेको हुन्छ, केहि खुशी त्यो दैवले लुटेर जान्छन ।

१८) बिना कारण रिसाउनेलाई फकादिन, गए जाउ दुइदिनको लागि माया देखाउदिन ।

१९) अरुलाइ गलत भन्नू भन्दा पहिला आफ्नो गल्ती सुधार्नुस अनि मात्र अरुलाइ उपदेश दिनु राम्रो ।

२०) सम्बन्ध बनाइसकेपछि त्यसको जटिलता लाइ सुल्झाउने क्षमता पनि राख्नुपर्छ अन्याथा प्रेम त्यो उल्झनमै हराउने छ ।

२१) प्रकृति कति उदार छ जसले हरकोही लाई बाच्ने अनि हास्ने स्वतन्त्रता दिएकोछ । मान्छे भए आफ्नो करोडौंको सम्पत्ति हुदा पनि दुखीलाइ एक टुक्रा जमिन पनि दिदैन थिए होला ।

२२) साथ दिने हो भने जीवन भर दिनु केहि समयको साथ त मलामीले नि दिने गर्छन ।

Nagarikkhoj.com मा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा अथवा कुनै समाचारमा चित्त नबुझेर गुनासो पोख्नु परेमा वा विज्ञापन प्रकाशित गर्नु परेमा हामीलाई nagarikkhoj@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ । निरन्तर समाचारको लागी हामीसँग फेसबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *